अनलाईन शुल्क भुक्तानी सुबिधा

Share | Like

कोभिड१९ को दोस्रो लहरसँगै देशमा भएको लकडाउन र भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै विद्यालयले ईसेवा र बैंक खातामार्फत डिजिटल पद्दतीमा शुल्क भुक्तानी गर्ने अनलाईन सुबिधा सुरु गरेको छ । इर्सेवा मार्फत जुनसुकै बेला शुल्क भुक्तानी गर्न सकिनेछ जसको लागि अभिभावकहरुले आफ्नो ईसेवा एपमा गएर स्कूल फी थिचेर विद्यालयको नाम सर्च गरेर थिच्ने र त्यसपछि आवश्यक विवरण भरेर शुल्क बुझाउन सकिनेछ ।

बैंक खातामार्फत भने संसारको जुनसुकै ठाउँबाट र जतिसुकैबेला पनि शुल्क बुझाउन सकिनेछ । बैंक खातासम्बन्धी जानकारी विद्यालय प्रशासन मार्फत लिन सकिनेछ ।

स्मरण रहोस्, विद्यालयले भक्तपुरमा गत वर्षको पहिलो लकडाउन सुरु हुने बित्तिकै २०७७ बैशाखदेखि नै नियमित रुपमा अनलाईन कक्षा र अन्य विविध गतिबिधिहरु अग्रणी रुपमा संचालन गर्दै आएको छ । २०७८ बैशाख १६ गतेदेखि भएको दोस्रो लहरको लकडाउनमा विद्यालयले अनलाईन कक्षालाई अझ बढि विस्तृत र प्रभावकारी बनाएको हो । विद्यालयले जेठ १६ गतेदेखि अनलाईन बिधिबाट नै अन्तिम परीक्षा संचालन गरी जेठ ३० गते नतिजा समेत प्रकाशित गर्दैछ ।

 


Share | Like