Category Archives: News & Events

नेपालको शिक्षामा PBL को आवश्यकता र सम्भावना – Naveen Marasini, STEAM Educator, KUSOED

Naveen Marasini, STEAM Educator (KUSOED)

आजकल प्रोग्रेसिभ शिक्षा र प्रभावकारी सिकाइका सन्दर्भमा PROJECT BASED LEARNING (PBL) सबैभन्दा बढी छलफल गरिने विषयवस्तु बनेको छ । CONSTRCTIVIST PHILOSOPHY को जगमा उभिएर INQUIRY BASED LEARNING को माध्यमबाट विद्यार्थीहरूको सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूको चाहना अनुरूप सक्रिय उपस्थितिमा समूहमा TEAM SPIRIT कायम राख्दै अनुभवमा आधारित सिकाइ हुने भएको हुनाले PBL अबको शिक्षाको मेरुदण्ड हुने निश्चित छ। PBL मा विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको वास्तविक जीवनमा जोडिएको कुनै समस्या वा विषयवस्तुको गहिरो खोज अनुसन्धान गर्दै त्यसको समाधान पत्ता लगाउन सिक्छन्। अवलोकन, परिकल्पना, प्रयोग र निष्कर्षका वैज्ञानिक विधि प्रयोग गर्दै DESIGN THINKING मार्फत आविष्कारक सम्म पुग्ने लक्ष्य राख्छन्।

हामीले अभ्यास गर्दै आएको CHALK AND TALK पद्धतिले शिक्षाको वास्तविक मर्म बुझ्न सकेको छैन। विद्यार्थीको सक्रिय सहभागिता नभईकनै अन्य कुनै सिप र कौशलता हासिल नगरी निश्चित जानकारीहरू (INFORMATION ) मात्र स्मरण गरेर / रटेर लिखित परीक्षा उत्तीर्ण गरेमा सर्वोत्कृष्ट मानिने शिक्षाले एक्काइसौँ शताब्दीको आवश्यकता पूरा गर्न सक्दैन। एक्काइसौ शताब्दीको विद्यार्थीले सक्रिय सहभागी भएर अनुभवमा आधारित शिक्षाको माध्यमबाट आलोचनात्मक चेतको विकास गर्दै सिर्जनशील हुन् आवश्यक छ। समूहमा काम गर्न सक्ने, नेतृत्व गर्न सक्ने, परिस्थितिको आकलन गर्दै सही निर्णय लिन सक्ने, समयको ब्यवस्थापन गर्दै उपलब्ध स्रोत र साधनको परिचालन गर्न सक्ने जस्ता ब्यवहारोपयोगी कुशल शिपहरू सिक्न आवश्यक छ । जीवनका चुनौतीहरू समाधान गर्न सक्ने क्षमता विद्यार्थीमा विकास गराउन आबश्यक छ । आफू, परिवार , समाज,र वातावरणको अस्तित्वलाई अङ्गीकार गर्दै सिकाइलाई अगाडि बढाउन आवश्यक छ , हो यहीँनेर PROJECT BASED LEARNING को आवश्यकता महसुस गरिएको हो ।

अबको शिक्षामा विद्यार्थीलाई ACTIVE LEARNER बनाएर आफैं खोज् गरी पढ्न / सिक्न सक्ने गराउन आवश्यक छ। विद्यार्थी स्वयंलाई सिकाइ प्रति जिम्मेवार बनाई LIFE LONG LEARNER बनाउँदै उसमा अन्तर्निहित प्रतिभाको उत्खनन गर्न आवश्यक छ। उसलाई INNOVATIVE र RESPONSIBLE CITIZEN बनाउनका लागि विद्यार्थीहरुमा एक्काइसौँ शताब्दीमा आवश्यक पर्ने सिपहरुको विकास गर्दै जीवनको जस्तो सुकै कठिन परिस्थितिमा पनि सकारात्मक पाइला लिन सक्ने, आलोचनात्मक चेत भएको सृजनशील र जुनसुकै परिवेशमा पनि घुल्न सक्ने, सबैसँग मिल्न सक्ने गुणहरूको विकास हुने गरी पढाउन / सिकाउन आवश्यक छ। अब गणित पढाउने शिक्षकले हिसाब पढाएर मात्र, वा विज्ञान पढाउनेले Content Knowledge पढाएर मात्र पुग्दैन। कुनै पनि विषय एक्ला एक्लै पढाएर पनि हुँदो रहेनछ । जिन्दगीमा त गणित, विज्ञान, भाषा, कला सबै एकैचोटि चाहिने रहेछन, हामीले कक्षामा पढ्दा /पढाउदा मात्र यी विषयहरुलाई अलग अलग गरेका रहेछौं । अबको शिक्षामा यी सबै विषयहरु INTEGRATE गरेर अभ्यास गराउन आवश्यक रहेछ । विद्यार्थीलाई उनीहरूको कक्षामा विभिन्न विषयहरु पढाइ रहँदा जिन्दगी जिउने कला पनि सँगै सिकाउन जरुरी छ। कक्षा कोठाका क्रियाकलापलाई उसको जिन्दगीसित जोड्न आवश्यक छ। माछा मारेर होइन, माछा मार्न सिकाउने सिप सहितको शिक्षा दिन आवश्यक छ। यति धेरै कसरी सिकाउने होला ? के यौटै कुनै विधिले माथि उल्लेखित सबै विषयलाई समेट्न सक्छ ? हो यहीँनेर PBL लाई अबको शिक्षाको अस्त्र मानिएको छ। आउनुहोस आज PBL लाई सिकाइका विभिन्न लेन्सहरुबाट हेरौ। PBL ले विद्यार्थीलाई के सिकाउदो रहेछ ? विद्यार्थीले के सिक्दा रहेछन्? कसरी सिक्दा रहेछन्? के PBL हाम्रो शिक्षाको आवश्यक विधि हो? खास गरी अबको शिक्षामा निम्न चार वटा पक्षहरु खोजिन आवश्यक छ ।

१) अबको शिक्षाको सिकाइ प्रक्रियामा 3H अर्थात HEAD , HEART , HANDS को प्रयोग भई हुन आवश्यक छ। हामीले बुझेको शिक्षा ले HEAD अर्थात मस्तिष्कलाई मात्र प्राथमिकता दियो। शिक्षा प्राप्ति भनेको Information रट्नु हो जस्तो बुझियो। तर शिक्षा लिईरहँदा HANDS अर्थात सिप अनिवार्य रहेछ। जुन विषय सिक्ने हो त्यसलाई सिपमा ढालेर सिक्न सकियो भने त्यो सिकाइ स्थायी हुँदो रहेछ। अझ त्यसमा HEART अर्थात FEELINGS and EMOTIONS जोडेर सिक्न सकियो भने त्यसले Transformative Learning गराउँदो रहेछ। PBL बाट विद्यार्थीले 3H प्रयोग गर्दै सिक्न पाउछ। आफूलाई मन परेको विषयबस्तुमा खोज गर्दा उसको हृदय (HEART ) सञ्चालित हुन्छ , उसले परियोजनाको काम गरिरहँदा हातहरु (HANDS ) चलायमान भई विभिन्न सिपहरु सिकेको हुन्छ भने सम्पूर्ण प्रक्रियामा HEAD मार्फत ज्ञान निर्माणमा सहभागी भईरहेको हुन्छ। यदि विद्यार्थीले PBL को अभ्यास गर्यो एकैपटकमा 3H को अभ्यास हुन गई TRANSFORMATIVE LEARNING हुन्छ।

२) अबको शिक्षाले CONTENT KNOWLEDGE को साथमा SOFT SKILLS हरु पनि सँगै सिकाउन आवश्यक छ। वास्तवमा SOFT SKILLS ले नै विद्यार्थीहरुलाई जिन्दगी जिउने कला दिने हो । खास गरी एक्काइसौँ शताब्दीका लागि चाहिने COMMUNICATION ,CREATIVITY , CRITICAL THINKING , COLLABORATION लगायतका शिपहरु पाठयक्रममा भएका विषयवस्तु सिकाइरहँदा सँगसँगै सिकाउन अत्यावश्यक छ। अब कुनै विषय शिक्षकले आफ्नो पाठ मात्र पढाएर / रटाएर विद्यार्थीलाई भोलिको लागि सक्षम बनाउन सक्दैन। यदि शिक्षकले PBL को माध्यमबाट सिकायो भने विद्यार्थीहरूले आवश्यक CONTENT KNOWLEDGE त पाउँछ नै त्यसका अतिरिक्त उसले विभिन्न SOFT SKILLS हरु सिक्ने र अभ्यास गर्ने अवसर पाउछ। PBL गरिरहदा विद्यार्थीले समूहमा मिलेर काम गर्न सिक्छ। आफ्नो सिर्जनशीलतालाई प्रष्फुटन गराउने अवसर पाउँछ। PBL मा सहभागी भईरहँदा समय व्यवस्थापन कसरी गर्ने अभ्यास गरिरहेको हुन्छ , आफूसित भएका सीमित श्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भनेर अभ्यास गरिरहेको हुन्छ , निर्णय लिने, नेतृत्व गर्ने, विचार व्यक्त गर्ने , समस्याको समाधान गर्ने, अनुमान गर्ने, साथीलाई सम्झाउने, बुझाउने, आफ्ना विचारहरुलाई अभिव्यक्त गर्ने, परिस्थितिको समीक्षा गर्ने जस्ता जिन्दगीसित जोडिएका हरेक SOFT SKILSS हरुको जीवन्त अभ्यास गर्ने अवसर PBL गरिरहँदा भईरहेको हुन्छ। अझ आफूले पाएको जिम्मेवारीलाई मन, मस्तिष्क र सिप प्रयोग गरेर सबै भन्दा उत्कृष्ट तरिकाले सम्पन्न गर्ने जिम्मेवारीबोध गराउने काम पनि PBL ले गराइदिन्छ। जिन्दगीमा नभई नहुने यी शिपहरु कक्षामा पढाएर सिकिने कुरा होइनन । यी सिपहरु सिकाउनका लागि PBL अनिवार्य विधि हो। आखिर जिन्दगीमा सिक्ने पर्ने सिप भनेकै अन्य मानिसहरु सित कसरी व्यवहार गर्ने र आफूले पाएको जिम्मेवारी निपूर्णताका साथ कसरी सम्पन्न गर्ने भन्ने रहेछ, त्यो सिक्ने र अभ्यास गर्ने अवसर PBL ले मात्र दिदो रहेछ।

३) अबको शिक्षाले हरेक विषयलाई अलग अलग पढाउने भन्दा पनि सबै विषयलाई INTEGRATE गरेर सिकाउन आवश्यक छ। एउटा विद्यार्थी पसलमा BREAD किन्न गयो भने उसले BREAD माग्न भाषा चाहिन्छ, BREAD को मात्रा (QUANTITY ) कति भनेर थाहा पाउन विज्ञान चाहिन्छ , मूल्यको लागि गणित चाहिन्छ, झोलामा राख्न कला चाहिन्छ, BREAD को गुणस्तर लगायतका कुरा थाहा पाउन विभिन्न विषयहरुको एकै पटकमा प्रयोग भईरहेको हुन्छ। विज्ञान सँगसँगै गणित अनि भाषा आइरहेको हुने रहेछ तर हामीले कक्षाकोठामा सबै विषयलाई अलग्याएर सिकाउदा शिक्षा जीवनसित टाढा भईरहेको रहेछ। त्यसैले अब PBL बाट सिकाउन थालियो भने फेरी बच्चाले सबै विषयलाई जोडेर एकै पटकमा सँगसँगै सिक्ने अवसर पाउँछ। त्यसैले सिकाइको INTEGRATED APPROACH ले पनि PBL को माग गर्दछ।

४) अबको शिक्षाले हरेक बच्चाका आ-आफ्ना अलग प्रकारका क्षमताहरु हुन्छन भन्ने सिद्धान्तलाई अङ्गीकार गर्न आवश्यक छ। शिक्षामा अब्बल हुन् घोकेर / रटेर परीक्षामा लेख्नै पर्छ नत्र जिन्दगीमै फेल भइन्छ भन्ने मान्यताबाट बाहिर आउन आवश्यक छ। MULTIPLE INTELLIGENCE को अबधारणा अनुरुप हरेक बच्चा बेग्ला बेग्लै क्षत्रमा क्षमतावान हुनसक्छ । बच्चाको क्षमता पहिचान गरेर उसले जे गर्न सक्छ , जुन विषयवस्तुमा उसको उत्सुकता र चाहना छ सोहि बमोजिमको विषयवस्तु छनौट गर्न लगाएर उसलाई सिक्न अभिप्रेरित गरियो भने कुनै बच्चाले नजान्ने र नसिक्ने भन्ने नै हुँदैन । हो, यहीँनेर PBL ले बच्चालाई आफ्नो चाहना र उत्सुकता अनुसारको व्यवहारिक समस्या पहिचान गरि त्यसमा गहिरो अध्ययन अनुसन्धान गर्दै ज्ञान निर्माणको बाटो खोलिदिन्छ । यदि MULTIPLE INTELLIGENCE को अवधारणालाई अङ्गीकार गर्ने हो भने PBL को माध्यमबाट हाम्रा हरेक विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन सकिन्छ ।

छोटकरीमा भन्नु पर्दा हाम्रा विषयबस्तुमा HEAD HEART र HANDS अर्थात मन मस्तिस्क र सिपलाई सँगै जोडेर, SOFT SKIILS हरुलाई विषयवस्तुसित नै INTEGRATE गरेर, विभिन्न विषयहरुलाई INTEGRATE गरेर MULTIPALE INTELLIGENCE लाई समेत सिकाइ प्रक्रियामा जोडेर अबको शिक्षालाई पूर्णता दिनुपर्छ त्यसका लागि एउटा प्रभावकारी औजारको रूपमा PROJECT BASED LEARNING अपरिहार्य छ। वर्तमान समयमा विश्वमा सफल व्यक्तिका सफलताको जरा खोज्दै जादा उनीहरूले स्कुल / कलेजमा अभ्यास गरेका PROJECT हरूको सफल कार्यान्वयन भएका प्रशस्त उदाहरणहरू भेटिन्छन्। आश्चर्य लाग्छ होला फेसबुक कुनै बेला MARK ZUCKERBERG को कलेजको PROJECT WORK थियो। BILL GATES को माइक्रोसफ़ट होस् कि STEVE JOBS को APPLE वा LARRY PAGE & SERGEY BRIN को गुगल अनि ELON MUSK को PAYPAL सबै PROJECT WORK गर्दै गर्दाका परिणाम हुन् । हाम्रा अभिन्न अङ्ग बनेका DELL COMPUTER, SNAPCHAT, AIRBNB, OYO ROOMS, INSTAGRAM, TWITER, UBER, AMAZON, TESLA कुनै बेला स्कुल कलेजमा यस्तै विद्यार्थीहरूले फरक ढङ्गले अभ्यास गरेका परियोजना कार्यहरू थिए ।यसरीअबको शिक्षामा PROJECT BASED LEARNING को अपरिहार्यताको बारेमा पैरवी गरिरहदा नेपालको सन्दर्भमा यस विधिका सम्भावना र चुनौतीका बारेमा पनि छलफल गर्न उपर्युक्त हुन्छ।

जिन्दगी एकातिर अनि पढाइ अर्को तिर दौडिरहेको अबस्थामा PROJECT BASED LEARNING ले कक्षाकोठामै सिकाइ मार्फत जीवन, र जगत जोड्ने काम गर्दछ। सर्वप्रथम त PBL को सफल कार्यान्वयन गर्न सकियो भने अहिले को सैद्धान्तिक पढाइलाई व्यवहारिक बनाई शिक्षालाई वास्तविक जीवनसित जोड्न सकिन्छ। विद्यार्थीहरुलाई REAL WORLD PROBLEM सित साक्षात्कार गराई त्यसको समाधानका लागि अभिप्रेरित गर्ने भएकोले हाम्रो समाजमा PBL ले पक्कै पनि विद्यार्थीलाई PROBLEM SOLVER बनाउन मद्दत गर्ने छ। विद्यार्थीहरुलाई आविष्कारक बनाई यही समाजमा सिर्जनशील भएर जिम्मेवार नागरिक भएर बाच्न अभिप्रेरित गर्ने छ। नेपालमा गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूल लगायत केही स्कुलहरुले अभ्यास गर्दै आईरहेको यो PBL पद्दतिलाई नेपालका हरेक स्कुलहरुमा भित्र्याइनु अत्यावश्यक छ।

नेपालमा PBL का चुनौतीहरु पनि नभएका होइनन् । खासगरी परम्परागत सैद्धान्तिक र घोकन्ते शिक्षाबाट दीक्षित हाम्रो समाजले अझै पनि प्रक्रिया भन्दा पनि परिणाम को खोजी गरिरहेको हुन्छ। विद्यार्थीले के सिक्यो भन्दा पनि ग्रेडशिटमा कति अङ्क ल्यायो भनेर चिन्तित हुने धेरै अभिभावकहरुलाई शिक्षाको नया स्वरूपका बारेमा अभिभावक शिक्षाको जरुरी देखिन्छ। PBL को सहजीकरण गर्न नसक्ने शिक्षकहरुलाई तालिमको व्यवस्थापन , विद्यालयहरुलाई आवश्यक स्रोत र साधनको उपलब्धता, PBL मैत्री पाठ्यक्रम , स्कुलहरुको बिचमा सहकार्य गर्न सकियो भने PBL कार्यान्वयन गरेर शिक्षामा व्यापक सुधार गर्न सकिन्छ ।

नोट: गोल्डेन गेट ईङ्ग्लिश सेकेण्डरी स्कूलद्वारा आयोजित चौथो गोल्डेन गेट पिबिएल मेला २०८१ (4th Golden Gate PBL Mela 2025) मा काठमाडौं विश्वचिद्यालयका उपप्राध्यापक श्री नवीन मरासिनीज्यूद्वारा प्रस्तुत Keynote Speech

References

Ardani, A., & Widjajanti, D. B. (2024). Integration of multiple intelligences theory in project-based learning: How it impacts students’ critical thinking and mathematical communication skills. International Journal of Multicultural and Multireligious Understanding, 11(10), 458474. https://doi.org/10.18415/ijmmu.v11i10.6277

Fosnot, C. T. (2013). Constructivism: Theory, perspectives, and practice. Teachers College Press.

Martinez, C. (2022). Developing 21st-century teaching skills: A case study of teaching and learning through project-based curriculum. Cogent Education, 9(1), 2024936. https://doi.org/10.1080/2331186X.2021.2024936

Mezirow, J. (1997). Transformative learning: Theory to practice. New Directions for Adult and Continuing Education, 1997(74), 5-12. https://doi.org/10.1002/ace.7401

Miller, J. P. (2019). The holistic curriculum (3rd ed.). University of Toronto Press.

Setyawan, J., Lumbantoruan, J. H., Listiani, H., & Judijanto, L. (2024). Integration of multiple intelligence theory in curriculum implementation for developing student potential in Indonesia. Mimbar Sekolah Dasar, 11(1), 137149. https://doi.org/10.53400/mimbar-sd.v11i1.68906

Tan, A., & Tan, C. (2021). Integration of the head, heart, and hands in curriculum review: A holistic approach to education. Journal of Curriculum Studies Research, 3(1), 114. https://doi.org/10.46303/jcsr.2021.1

३८ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

भक्तपुर, १९ माघ । गोल्डेन गेट इङ्गलिश सेकेन्डरी स्कूलको ३८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भयो । विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बाँसुरीको मङ्गल धुनबिच उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि उपमेयर जोशीले गोल्डेन गेटले शिक्षित नागरिक तयार पार्न अभ्यास गर्दै आएको पठन संस्कृतिको विकास कार्यक्रम अन्य विद्यालयले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरलाई आधुनिक प्रविधिसहितको ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यअनुरूप ७ हजार विद्यार्थीसहित ७ वटा शैक्षिक संस्था सञ्चालन गर्दै आएको उल्लेख गर्दै विद्यालयले देशलाई माया गर्ने र देशमै बस्ने राजनैतिक, सांस्कृतिक र ऐतिहासिक चेत भएको जनशक्ति तयार पार्न भूमिका खेल्नुपर्ने बताउनुभयो।

वडाध्यक्ष डा. हरिराम सुवालले शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधिहरूमा शिक्षासँगै संस्कार र संस्कृतिप्रति माया र देशप्रेमको भावना विकास गर्नुपर्ने बताउँदै देशमा युवाहरू रित्तिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।

डा. सुवालले भक्तपुर नगरपालिकाद्वारा हालै आयोजित भक्तपुर महोत्सवमा विद्यालयले वडा नं. ६ मा प्रस्तुत गरेको नेवारी जीवन शैली गतिविधि र ख्वप कलेजमा प्रस्तुत गरेको शैक्षिक प्रदर्शनीको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो।

प्याब्सन अध्यक्ष राजन कसपालले विद्यालयका प्रिन्सिपल स्वयं कुशल शिक्षासेवी भएको उल्लेख गर्दै उहाँले भक्तपुर प्याब्सन र सदस्य विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्न शिक्षक र विद्यार्थीहरूलाई तालिम र गोष्ठीमार्फत खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो।

प्रिन्सिपल एवं कोफाउन्डर सिङ लामाले वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै बृहत् पठन, पुस्तक वार्ता, सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर, फोनिक्स पठन, पीबीएल सिकाइ, ईसीए फेस्टिवल, स्टार डे आदि विद्यालयका मौलिक अभ्यासहरूको सङ्क्षिप्त जानकारी दिनुभयो।

अतिथि उपमेयर जोशीले विद्यालयले आयोजना गरेको ईसीए फेस्टिवलका १६२ जना विजेताहरूलाई पदक प्रदान गर्नुभएको थियो अर्का अतिथि डा. हरिराम सुवालले विद्यालयको पठन संस्कृति विकासमा परिलक्षित एक्स्टेन्सिव रिड कार्यक्रमअन्तर्गत ५० भन्दा बढी पुस्तक अध्ययन गर्ने २५ जना पाठकहरूलाई गोल्डेन रिडर्स ब्याच र अर्का अतिथि राजन कसपालले विद्यार्थीहरूमा अन्तर्निहित स्टार गुण प्रस्फुटन गर्न आयोजित गोल्डेन स्टारका नियमित प्रस्तुतकर्ताहरूलाई गोल्डेन स्टार तक्मा प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरूको नृत्य, गायन, वाद्यवादन, नाटक, बुक रिभ्यु आदि प्रस्तुत गरिएको थियोे।

चौथो पिबिएल मेला २०८१ भव्यताका साथ सम्पन्न

भक्तपुर, फागुन ४ । भक्तपुरको महाकालीस्थानस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले चौथो पिबिएल मेला २०८१ भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई उद्घाटन गर्दै भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले आजको युगमा शिक्षाले ज्ञान मात्र दिएर नपुग्ने जनाउँदै त्यसको कार्यान्वयन महत्वपूर्ण रहेको बताए ।

कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुको पिबिएल प्रोजेक्टहरुको प्रस्तुतीकरण नजिकबाट नियाल्दै वडा अध्यक्ष डा. सुवालले गोल्डेन गेटले अवलम्वन गर्दै आएको नवीनतम् पिबिएल शिक्षण विधिले बच्चाहरुलाई आफै संलग्न भएर हेर्ने, देख्ने, छुने, अनुभव गर्ने र निर्माण गर्ने उत्कृष्ट अवसर दिएको र त्यस्तो अवसरले ज्ञान र सीपलाई कम्प्यूटरमा सफ्टवेयर ईन्स्टल गरेजस्तै मस्तिष्कमा दीर्घकालिन रुपमा अमीट बनाउने बताए । उनले पिबिएलले सानै उमेरदेखि रिसर्च मेथोडोलोजीको समेत भरपूर प्रयोग गराएको देख्दा यसले विद्यार्थीहरुलाई जुनसुकै ओहोदामा पुर्याउन र सफल बनाउन सक्ने विश्वास प्रकट गर्दै विद्यालयको यस्तो प्रयासमा अभिभावकहरुको सहयोगी भूमिका अपरिहार्य रहने स्पष्ट पारे ।

विद्यालयले करीब ११ वर्षअघि सिकाईको ध्येयलाई परिवर्तन गरी विद्यार्थीहरुको हरेक सिकाई अवसरलाई वास्तविक जीवन र जगतसँग जोडेर उनीहरुको वैयक्तिक बुद्धिमत्ता मुताबिकको विशिष्टिकृत सिकाई क्रियाकलापहरुमा संलग्न गराई उक्त गराईको अनुभव र अनुभवमा रिफ्लेक्शन मार्फत गहिरो सिकाई निर्माण गर्ने मल्टिपल ईज्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ अर्थात एमआई पिबिएल पद्दतिको थालनी गरेको थियो भने शैक्षिक सत्र २०७५ देखि पिबिएल प्रोजेक्टहरुको सार्वजनिक प्रस्तुतीकरणका लागि वार्षिक रुपमा यस्तो मेला आयोजना गर्दै आएको छ ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय शिक्षाशास्त्र संकायमा स्टिम र पिबिएल शिक्षाका उपप्राध्यापक नवीन मरासिनीले गोल्डेन गेटले डा. होवार्ड गार्नरको मल्टिपल ईन्टेलिजेन्सेज सिद्धान्त र जोन डिवीद्वारा प्रतिपादित प्रोजेक्ट बेस्ड लर्निङको समिश्रणबाट विकास गरेको एमआई पिबिएल पद्दती नयाँ युग अनुकूलको सिकाईको लागि अत्यन्त उत्कृष्ट रहेको जनाउँदै विद्यालयले नेपालको सिकाई रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उपप्राध्यापक मरासिनीले अबको शिक्षा ज्ञानको स्मरण गराउने मात्र नभई हृदय, मस्तिष्क र हातलाई समेटने, एक्काईसौं शताब्दीका लागि आवश्यक विभिन्न सफ्ट स्किल्सहरुमा पोख्त बनाउने, बहुविषयको सट्टा अन्तरविषयक शिक्षण गर्ने र मल्टिपल ईन्टेलिजेन्सेज अनुसारका क्रियाकलापहरु गराउने खालको हुन अपरिहार्य भएको र शिक्षाको यी सबै आवश्यकताहरु पिबिएल पद्दतीले मात्रै पूरा गर्ने ठोकूवा गरे ।

प्रिन्सिपल तथा कोफाउण्डर सिङ्ग लामाले जीवनबाट बिमुख हुँदै निर्जिवन तर्फ उन्मुख बन्दै गएको शिक्षालाई जीवन्त बनाउन वास्तविक जीवन र जगतका विभिन्न परिवेशहरुबाट सिकाई निर्माण गराउन गोल्डेन गेटले एमआई पिबिएल पद्दती विकास गरेको जनाउँदै प्रोजेक्ट बेस्ड लर्निङको योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकनसम्मका प्राविधिक पक्षहरुलाई विस्तृत रुपमा प्रस्तुत गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ६ का महिला जनप्रतिनिधि रोशन मैया सुवालले विद्यालयको अनुभवजन्य व्यावहारिक सिकाईको प्रशंसा गर्दै भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गर्दै आएको विविध गतिविधिहरुको जानकारी दिए ।

ग्रिनल्याण्ड पब्लिक स्कूल, चितवनका पिबिएल मेन्टर मिलन न्यौपानेले गोल्डेन गेटमा विकास भएको एमआई पिबिएललाई चितवनमा कार्यान्वयन गर्दाको सुखद अनुभव बाँडेका थिए । विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीले अध्यक्षता गरेको उक्त कार्यक्रम शिक्षिका सेलेना श्रेष्ठले संचालन गरेकी थिइन् भने सिईओ शिव श्रेष्ठको स्वागत मन्तव्य दिएका थिए ।

अभिभावकहरुको व्यापक सहभागिता रहेको मेलामा विद्यालयको कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुले एमआई पिबिएल पद्दती अन्तर्गत शैक्षिक सत्र २०८१ मा नियमित सिकाई निर्माण गर्ने क्रममा अभ्यास गरेका १०७ वटा चुनिएका पिबिएल् प्रोजेक्टहरुको साथमा विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालित वृहत् पठन र निरन्तर सिर्जना कार्यक्रम अन्तर्गत सिर्जना गरी नियमित मकै घर कार्यक्रमहरुमा प्रस्तुत गरिएका ८९७ वटा अंग्रेजीमा लेखिएका र ७९२ वटा नेपालीमा लेखिएका बालसाहित्यका रचनाहरु प्रस्तुतीमा राखिएका थिए ।

कार्यक्रमको अवसरमा एमआई पिबिएल सम्बन्धी महत्वपूर्ण जानकारीहरुका साथमा ९ वटा स्पटलाईट प्रोजेक्टहरु समेटिएको विशेष कार्यक्रम पुस्तिका समेत प्रकाशित गरिएको थियो ।

 

 

 

 

 

 

प्रथम मकै घर सर्जक सम्मेलन २०८१ सम्पन्न

गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूल, महाकालिस्थान, भक्तपुरले प्रथम मकै घर सर्जक सम्मेलन २०८१ भव्यताकासाथ सम्पन्न गरेको छ।

जनकवि चन्द्रबहादुर उलकले प्रमुख अतिथिको रूपमा सम्मेलनको उद्घाटन गर्दै विद्यालयको मकै घर कार्यक्रम अन्तर्गत सिर्जित ६७ वटा चुनिएका रचनाहरु संग्रहित मकै घरको कोसेली २ को विमोचन गरे ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुको वाचन र प्रस्तुतीलाई नियालेपछि प्रमुख अतिथि जनकवि उलकले यस्तो सम्मेलन नौलो रहेको बताए । उहाँले मकै घर सर्जक सम्मेलन जस्तो कार्यक्रमले सिद्धिचरण र बालकृष्णहरु जन्माउन सक्ने ठोकुवा गर्दै यस्तो कार्यक्रम अन्य विद्यालय, टोल र समुदायमा पनि विस्तार हुनुपर्नेमा जोड दिए ।

 

 

 

 

 

 

 

 

 

 

प्रिन्सिपल तथा संस्थापक सिङ्ग लामाले विद्यार्थीहरुको पाठकबाट सर्जकसम्मको रुपान्तरण यात्राका लागि मकै घर कार्यक्रम संचालन गर्दै आएको र यस अन्तर्गत विद्यार्थीहरु निरन्तर वृहत् पठन, सिर्जनशील लेखन र प्रस्तुतीमा अभ्यस्त हुँदै आएको बताए ।

बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेय घिमिरेले सर्जकहरुको प्रस्तुतीहरुलाई मूल्यांकन गरी नित्यम रिजाल, सभाना प्रधान र पुनम तामाङलाई नगद पुरस्कार प्रदान गरे। उनले प्रतिष्ठान तथा स्वर प्रकाशनको तर्फबाट विद्यार्थीहरुको रचनालाई प्रकाशनको अवसर एवम् शिक्षकहरुलाई विशेषज्ञ तालिमको अवसर समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

लेखक एवं अनुसन्धाता तुलसी निरौलाले कक्षा ८ की भावना दाहाल तथा मीरा तामाङलाई पुस्तक प्रोत्साहनस्वरुप प्रदान गरे। उनले गोल्डेन गेटले विकास गरेको मकै घर मोडेल र यसबाट निर्मित पठन र लेखन सीप अत्यन्त उच्च स्तरको रहेको र यस्तो अभ्यास देशैभरी विस्तार गर्न आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न कवि तथा व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

गोल्डेन गेटको तेस्रो पिबिएल मेला : सिकाई रुपान्तरणमा एक कोसे ढुङ्गा

भक्तपुर । भक्तपुरको गोल्डेन गेट ईंग्लिस सेकेण्डरी स्कूलले तेस्रो गोल्डेन गेट पिबिएल मेला २०८० आयोजना गरेको छ । उक्त मेलाको उद्घाटन समारोहलाई छात्राहरुले बाँसुरीमा बजाएको मंगल धुनसँगै प्रमुख अतिथि भक्तपुर नगरपालिका नगर शिक्षा शाखाका प्रमुख साधुराम फुयालले गरेका थिए ।

सो क्रममा उनले कक्षा ९ का विद्यार्थीहरुले निर्माण गरेको वेटर रोबोटले टक्र्याएको लाईटर प्रयोग गरेर पानसमा दियो प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । नयाँ जमानाको रोबोटिक्स सहित परम्परागत बाँसुरी बाजाको धुनबीच भएको सो उद्घाटन अत्यन्त रोचक र हर्सोल्लासमय बनेको थियो ।

कार्यक्रममा प्रमुख फुयालले बच्चाहरुमा अन्तर्निहित विविध गुणहरुलाई वैज्ञानिक रुपमा पहिचान गरेर त्यस अनुसारका क्रियाकलाप मार्फत सिकाउने विद्यालयको अभ्यास फरक र सराहनीय भएको बताए । जीवन र जगतसँग प्रत्यक्ष रुपमा सम्बन्धित ज्ञान र सीप दिन र सिर्जनशीलताको प्रस्फुटन गर्न यस्तो शिक्षण विधि अत्यन्त प्रभावकारी हुने बताउँदै उनले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरे ।

विद्यालयले आफ्नो यो अभ्यासलाई थप प्रभावकारी बनाउन र आम शैक्षिक सचेतना सिर्जना गर्न वि.सं. २०७५ देखि वार्षिक रुपमा पिबिएल मेला समेत आयोजना गर्दै आएको छ । यही क्रममा २०८० फागुन २४ गते विहीबार सो कार्यक्रमको तेस्रो संस्करण सम्पन्न गरिएको हो ।

स्मरणमा आधारित नेपालको शिक्षामा रुपान्तरण शिक्षा क्षेत्रको टड्कारो आवश्यकता र जल्दोबल्दो बहस हो । हो, ठीक त्यस्तै ध्येय लिएर वि.सं. २०४३ मा स्थापित भक्तपुरको गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलले विगत एक दशकदेखि विद्यार्थीहरुको सिकाईलाई वैयक्तिक बहुबुद्धिमत्तासँग र वैयक्तिक बहुबुद्धिमत्तालाई विविधिकृत सिकाईक्रियाकलापहरुसँग जोडी गराईको अनुभव र अनुभवमा रिफ्लेक्शन मार्फत गहिरो सिकाई घटित गराउने अभ्यास गर्दै आएको छ । यसका लागि विद्यालयले डा. होवार्ड गार्नरद्वारा प्रतिपादित मल्टिपल ईन्टेलिजेन्सेज र जोन डिवीलगायतका शिक्षाविदहरुबाट विकासित प्रोजेक्ट बेस्ड लर्निङलाई संश्लेषण गरेर एमआई पिबिएल पद्दतीको विकास र अभ्यास गर्दै आएको जनाएको छ ।

विद्यालयका प्रिन्सिपल तथा कोफाउण्डर सिङ्ग लामाले विद्यालयले वैयक्तिक बहुबुद्धिमत्ता अनुसारका प्रोजेक्ट कृयाकलाप गरेर सिक्ने एमआई पिबिएलको साथमा हरेक विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा न्यूनतम ५० वटा पुस्तक अध्ययन गराउने वृहत पठन संस्कार, सर्जकीय रुपान्तरणका लागि मकै घर र विद्यार्थीहरुमा अन्तर्निहित स्टार क्वालिटी प्रस्फुटनका लागि गोल्डेन स्टार कार्यक्रम लगायत थुप्रै नवीन अभ्यासहरु गर्दै आएको बताउँदै यस यात्रामा अभिभावकहरुको साथ, सहयोग र संलग्नताको प्रशंसा गर्दै कृतज्ञता समेत व्यक्त गरे ।

उक्त मेलामा एमआई पिबिएल पद्दती अन्तर्गत सिक्ने क्रममा शैक्षिक सत्र २०८० को अवधिमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले तयार पारेको १०० वटा पिबिएल प्रोजेक्टहरुलाई आफ्ना सिकाई अनुभवहरु सहित उच्च आत्मविश्वासका साथ विस्तृत रुपमा प्रस्तुत गरेका थिए । प्रोजेक्टहरु पूर्ण रुपमा पाठ्यक्रम निर्दिष्ट सिकाई उपलब्धिहरुमा केन्द्रित भए पनि त्यस अन्तर्गत बनेको नाटक, रोबोटिक्स, जेसिबी मोडेल, पूर्वाधार मोडेल, पेरिस्कोप, राष्ट्रिय विभूतिहरुको आर्ट ग्यालरी, वास्तुकलाको मोडेल, माटोका भाँडाकुँडा, मुकुण्डो, कोलाज, चित्रकला, गीत, कविता, आदिलाई आगन्तुकहरुले प्रशंसा गरेका थिए । १०० वटा प्रोजेक्टहरुको साथमा विद्यालयले विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले सञ्चालन गर्दै आएको मकै घर कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुद्वारा सिर्जित १७८७ वटा अंग्रेजी भाषामा लेखिएका र १६३७ वटा नेपाली भाषामा लेखिएका बालसाहित्यका रचनाहरु पनि प्रस्तुतिमा राखिएका थिए ।

सयौंको संख्यामा अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम आन्तरिक रुपमा संचालन गरिएको भएपनि प्रोग्रसिव लर्निङमा विद्यालयको पृथक अभ्यासलाई नजिकबाट अवलोकन गर्न चितवन, काठमाडौं र काभ्रेबाट समेत विभिन्न विद्यालयका प्रिन्सिपल एवं शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए ।

 

 

आगन्तुकहरुले शिक्षकशिक्षिकाहरुको पिबिएल मेन्टरिङको दक्षता तथा विद्यार्थीहरुको प्रभावकारी प्रस्तुति र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका थिए । शिक्षिका सेलिना श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीले गरेकी थिइन् ।

(यो समाचार https://www.bhaktapurtimes.com/2024/03/34511/ मा प्रकाशित छ । )

भव्यताका साथ सम्पन्न भयो दोस्रो गोल्डेन गेट पिबिएल मेला २०७९

भक्तपुर । महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलले दोस्रो गोल्डेन गेट पिबिएल मेला २०७९ भव्यताका साथचैत ३ गते शुक्रबार सम्पन्न गरेको छ । शिक्षालाई वास्तविक जीवनसँग जोड्ने र त्यसका लागि विद्यार्थीहरुको वैयक्तिक ईन्टेलिजेन्समा आधारित विविधिकृत क्रियाकलापहरुको गराईको अनुभवबाट गहिरो सिकाईको अवसर प्रदान गर्ने अभिप्रायले विद्यालयले विगत ९ वर्षदेखि मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेष्ड लर्निङ अर्थात एमआई पीबिएल पद्दती लाई अंगिकार गर्दै आएको हो ।

मेलामा उक्त नवीन पद्दती अन्तर्गत सिक्ने क्रममा विद्यार्थीहरुले शैक्षिक सत्र २०७९ को अबधीमा तयार पारेका विभिन्न पिबिएल प्रोजेक्टहरु मध्ये ७० वटा भन्दा बढी चुनीएका प्रोजेक्टहरुलाई आफ्ना सिकाई अनुभवहरु सहित उच्च आत्मविश्वासका साथ सविस्तार प्रस्तुत गरेका थिए । उक्त मेलाको उदघाटन समारोहमा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य डा. हरिराम सुवालको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि डा. सुवालले कार्यक्रमको अर्को आकर्षणको रुपमा रहेको विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गर्दै आएको मकै घरका लागि शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुद्वारा सिर्जित हजारौं सिर्जनाहरु मध्येबाट छानिएका ३६ वटा सिर्जनाहरु संकलित पुस्तक मकै घरको कोसेली १ को बिमोचन गर्नु भयो ।

बिमोचन पछि मन्तव्यका क्रममा डा. सुवालले आफ्नो अध्ययन र प्राध्यापनका अनुभवहरुलाई स्मरण गर्दै विद्यार्थीहरुलाई नयाँ समय अनुसारको नयाँनयाँ पद्दतीको प्रयोग गर्दै सिकाई वातावरण तयार पार्न गरेको विद्यालयको प्रयासको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रमको उपादेयता माथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल तथा कोफाउण्डर सिङ्ग लामाले नेपालको शिक्षा सैद्दान्तिक मात्र भएर जीवनसँग नजोडिएको खाडललाई पुर्न एमआई पिबिएल पद्दति बिकास गरिएको, शिक्षा घोकन्ते र रटन्ते मात्र भएको भन्ने समस्या निराकरण गर्न सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर कार्यक्रम संचालन गरिएको र सोचाईको दायरा साँघुरो भएको भन्ने कमी पूरा गर्न कक्षा र उमेर अनुसार ग्रेडेड म्यासिव रिडिङ कल्चरको कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका अर्का अतिथि भक्तपुर नगरपालिका वडा नं. ६ का महिला जनप्रतिनिधी तथा विद्यालय व्यवस्थापन समिति सदस्य रोशन मैया सुवालले विव्यसको विगत दुई कार्यकालदेखि आफू प्रत्यक्ष रुपमा संलग्न रहेको बताउँदै बच्चाहरुको बिकासका लागि विद्यालयले गर्दै आएको वृहत् नवीनतम प्रयासहरु उत्कृष्ट रहेको बताउनु भयो । साथै उहाँले अबको समयमा बच्चाहरुको शिक्षाका लागि अभिभावकहरुले लगानी गर्न कञ्जुस्याईँ गर्न नहुनेमा पनि विशेष जोड दिनु भयो । करीब २०० अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम आन्तरिक रुपमा संचालन गरिएको भएपनि विद्यालयको नवीन अभ्यासलाई नजिकबाट अवलोकन गर्न भक्तपुर, काठमाडौं, ललितपुर र चितवनबाट समेत विभिन्न विद्यालयका प्रिन्सिपल एवं शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए ।

आगन्तुक सबैले शिक्षकशिक्षिकाहरुको पिबिएल मेन्टरिङको दक्षता तथा विद्यार्थीहरुको प्रभावकारी प्रस्तुती र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका थिए । विद्यालयका सिईओ शिब श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व संस्थापक निर्देशक अञ्जु जोशीले गर्नुभएको थियो ।

 

गोल्डेन गेटले मनायो ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस

भक्तपुर/२५ जेठ-भक्तपुर नगरपालिकाका नव निर्वाचित नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा महाकालि स्थान, भक्तपुर स्थित गोल्डेन गेट ईङ्ग्लिश सेकेण्डरी स्कूलले ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । जेष्ठ २४ गते मंगलवार अभिभावक, विद्यार्थी, विद्यालय कर्मचारी तथा नव निर्वाचित जनप्रतिनिधीहरु विच ३६औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सुनिल प्रजापतिले शिक्षाले देशको सभ्यता र संस्कृतिसँग विद्यार्थीहरुलाई परिचित गर्दै लानुपर्ने बताउँदै शैक्षिक प्रमाणपत्र थुपार्ने मात्र शिक्षाको केही महत्व नभएको भनाई राखे । उनले शिशुस्याहार देखि स्नातकोत्तर कलेजसम्मको व्यवस्थापन गर्ने भक्तपुर नगरपालिका मूलुकको एकमात्र स्थानीय तह रहेको बताए ।

त्यसैगरी विद्यालयका प्रिन्सिपल सिङ्ग लामाले शिक्षाले मूल्य गुमाउँदै जीवनबाटै विमुख हुँदै गएको परिप्रेक्ष औंल्याउँदै शिक्षालाई जीवनसँग जोड्न विद्यालयले विगत ७ वर्षदेखि मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङको अभ्यास गर्दै आएको र हाल यो अभ्यास भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, चितवन, धरान र झापाका केही उत्कृष्ट विद्यालयहरुमा समेत रेप्लिकेट गरिएका ेजानकारी गराए । साथै प्रिन्सिपल लामाले सिकाईको अन्तर्राष्ट्रिय अनुभव दिन विद्यालयले चलाउँदै आएको एसक्यूसी, ब्रिटिश काउन्सिल आईएसए प्रोजेक्ट, वल्र्ड चिल्ड्रेन्स प्राईज, आईसेक प्रोजेक्ट, स्कूल ईन्टरप्राईज च्यालेञ्ज, स्क्रयाबल च्याम्पियन शिप, चिल्ड्रेन पिस काउन्सिल,वल्र्ड स्कूलकाउन्सिल, आदिको विस्तृत जानकारी गराए । उनले विद्यालयले स्वार्णिम भविष्य छात्रवृत्ती लगायत वार्षिक २३ प्रतिशत भन्दा बढी विद्यार्थीहरुले आवश्यकतामा आधारित कुनै न कुनै प्रकारको छात्रवृत्ती प्राप्त गरी विद्यालयमा अध्ययनरत रहेको कुरा समेत स्पष्ट पारे ।

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र तुबन्जा श्रेष्ठले उत्कष्ट शैक्षिक गुणस्तर प्रदान गर्न विद्यालयले गर्दै आएको प्रयासहरुको प्रशंसा गरे । अत्यन्त न्यूनतम शुल्कमा यो सबै कसरी सम्भव भयो भन्दै आश्चर्य समेत प्रकट गरे । वडाध्यक्ष डा. हरिराम सुवालले भक्तपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै उत्कृष्ट सफलताको कामना गरे । महिला वडासदस्य रोशनमैया सुवालले विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाको विषयमा बेलाबेलामा अभिभावहरुबाट समेत प्रशंसा सुनेको प्रसंग उल्लेख गरीन ।

उक्त कार्यक्रममा एसकेजी २०७६, २०७७ र २०७८ का विद्यार्थीहरुलाई प्रिस्कूल डिप्लोमा सहित दिक्षान्त समारोह, एसईई २०७६ र २०७७ लाई सम्मान, बधाई एवं विदाई, नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा विद्यालयका तर्फबाट जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन तथा सम्मान गरीएकोे थियो । विद्यालयका संस्थापक निर्देशक अञ्जु चिपालु जोशीको अध्यक्षतामा विद्यालयका सिईओ शिव श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए ।

(यो समाचारhttps://khabareducation.com/12614/ मा पनि प्रकाशित छ ।)

अनलाईन शुल्क भुक्तानी सेवा

विद्यालयले अभिभावकहरुको कार्यव्यस्तता तथा सुबिधालाई ध्यानमा राखि अनलाईन शुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ । यस अन्तर्गत ईसेवा मार्फत जुनसुकै बेला शुल्क भुक्तानी गर्न सकिनेछ जसको लागि अभिभावकहरुले आफ्नो ईसेवा एपमा गएर स्कूल फी (School Fee) थिचेर विद्यालयको नाम सर्च गरी त्यसमा थिच्ने र त्यसपछि आवश्यक विवरण भरेर शुल्क बुझाउन सकिनेछ ।

आफ्नो बैंकको एप वा अन्य वालेटहरुबाट शुल्क भुक्तानी चाहिँ तल दिईएको विद्यालयको आधिकारिक ईसेवाको क्युआर कोड स्क्यान गरी गर्न सकिन्छः

 

कोभिड ‘१९ को दोस्रो लहरसँगै देशमा भएको लकडाउन र भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै विद्यालयले ईसेवा र बैंक खातामार्फत डिजिटल पद्दतीमा शुल्क भुक्तानी गर्ने अनलाईन सुबिधा सुरु गरेको थियो ।

बैंक खातामार्फत भने संसारको जुनसुकै ठाउँबाट र जतिसुकैबेला पनि शुल्क बुझाउन सकिनेछ । बैंक खातामार्फत शुल्क भुक्तानी गर्न तल दिईएको विद्यालयको आधिकारिक बैंक खाताको क्यूआर कोड स्क्यान (QR Code Scan) गरी भुक्तानी गर्न सक्नुहुनेछ:

नोटः शुल्क भुक्तानीको विवरण मोबाईलबाट स्क्रिनशट गरी विद्यालयको भाईबर वा वाट्सएप नं. +9779841299271 मा पठाउनुहुन अनुरोध छ ।

Best Online Courses from the Top Universities of the World

Golden Gate is now initiating the pride of providing the Best Online Courses from the Top Universities of the World through MOOC for the students starting as early as from Class 3 onwards.

MOOC stands for Massive Online Open Courses which has brought a revolution in education globally. Through this, we encourage our students to go way further by taking various Certified Courses from hundreds of the World’s Top Universities like Yale University, University of California, Stanford University, University of Melbourne, Johns Hopkins University, University of London, University of Toronto, etc., to name the few, from across the globe through personalized MOOC access.