नेपालको शिक्षामा PBL को आवश्यकता र सम्भावना – Naveen Marasini, STEAM Educator, KUSOED

Share | Like

Naveen Marasini, STEAM Educator (KUSOED)

आजकल प्रोग्रेसिभ शिक्षा र प्रभावकारी सिकाइका सन्दर्भमा PROJECT BASED LEARNING (PBL) सबैभन्दा बढी छलफल गरिने विषयवस्तु बनेको छ । CONSTRCTIVIST PHILOSOPHY को जगमा उभिएर INQUIRY BASED LEARNING को माध्यमबाट विद्यार्थीहरूको सिकाइलाई कक्षाकोठामा मात्र सीमित नराखी उनीहरूको चाहना अनुरूप सक्रिय उपस्थितिमा समूहमा TEAM SPIRIT कायम राख्दै अनुभवमा आधारित सिकाइ हुने भएको हुनाले PBL अबको शिक्षाको मेरुदण्ड हुने निश्चित छ। PBL मा विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको वास्तविक जीवनमा जोडिएको कुनै समस्या वा विषयवस्तुको गहिरो खोज अनुसन्धान गर्दै त्यसको समाधान पत्ता लगाउन सिक्छन्। अवलोकन, परिकल्पना, प्रयोग र निष्कर्षका वैज्ञानिक विधि प्रयोग गर्दै DESIGN THINKING मार्फत आविष्कारक सम्म पुग्ने लक्ष्य राख्छन्।

हामीले अभ्यास गर्दै आएको CHALK AND TALK पद्धतिले शिक्षाको वास्तविक मर्म बुझ्न सकेको छैन। विद्यार्थीको सक्रिय सहभागिता नभईकनै अन्य कुनै सिप र कौशलता हासिल नगरी निश्चित जानकारीहरू (INFORMATION ) मात्र स्मरण गरेर / रटेर लिखित परीक्षा उत्तीर्ण गरेमा सर्वोत्कृष्ट मानिने शिक्षाले एक्काइसौँ शताब्दीको आवश्यकता पूरा गर्न सक्दैन। एक्काइसौ शताब्दीको विद्यार्थीले सक्रिय सहभागी भएर अनुभवमा आधारित शिक्षाको माध्यमबाट आलोचनात्मक चेतको विकास गर्दै सिर्जनशील हुन् आवश्यक छ। समूहमा काम गर्न सक्ने, नेतृत्व गर्न सक्ने, परिस्थितिको आकलन गर्दै सही निर्णय लिन सक्ने, समयको ब्यवस्थापन गर्दै उपलब्ध स्रोत र साधनको परिचालन गर्न सक्ने जस्ता ब्यवहारोपयोगी कुशल शिपहरू सिक्न आवश्यक छ । जीवनका चुनौतीहरू समाधान गर्न सक्ने क्षमता विद्यार्थीमा विकास गराउन आबश्यक छ । आफू, परिवार , समाज,र वातावरणको अस्तित्वलाई अङ्गीकार गर्दै सिकाइलाई अगाडि बढाउन आवश्यक छ , हो यहीँनेर PROJECT BASED LEARNING को आवश्यकता महसुस गरिएको हो ।

अबको शिक्षामा विद्यार्थीलाई ACTIVE LEARNER बनाएर आफैं खोज् गरी पढ्न / सिक्न सक्ने गराउन आवश्यक छ। विद्यार्थी स्वयंलाई सिकाइ प्रति जिम्मेवार बनाई LIFE LONG LEARNER बनाउँदै उसमा अन्तर्निहित प्रतिभाको उत्खनन गर्न आवश्यक छ। उसलाई INNOVATIVE र RESPONSIBLE CITIZEN बनाउनका लागि विद्यार्थीहरुमा एक्काइसौँ शताब्दीमा आवश्यक पर्ने सिपहरुको विकास गर्दै जीवनको जस्तो सुकै कठिन परिस्थितिमा पनि सकारात्मक पाइला लिन सक्ने, आलोचनात्मक चेत भएको सृजनशील र जुनसुकै परिवेशमा पनि घुल्न सक्ने, सबैसँग मिल्न सक्ने गुणहरूको विकास हुने गरी पढाउन / सिकाउन आवश्यक छ। अब गणित पढाउने शिक्षकले हिसाब पढाएर मात्र, वा विज्ञान पढाउनेले Content Knowledge पढाएर मात्र पुग्दैन। कुनै पनि विषय एक्ला एक्लै पढाएर पनि हुँदो रहेनछ । जिन्दगीमा त गणित, विज्ञान, भाषा, कला सबै एकैचोटि चाहिने रहेछन, हामीले कक्षामा पढ्दा /पढाउदा मात्र यी विषयहरुलाई अलग अलग गरेका रहेछौं । अबको शिक्षामा यी सबै विषयहरु INTEGRATE गरेर अभ्यास गराउन आवश्यक रहेछ । विद्यार्थीलाई उनीहरूको कक्षामा विभिन्न विषयहरु पढाइ रहँदा जिन्दगी जिउने कला पनि सँगै सिकाउन जरुरी छ। कक्षा कोठाका क्रियाकलापलाई उसको जिन्दगीसित जोड्न आवश्यक छ। माछा मारेर होइन, माछा मार्न सिकाउने सिप सहितको शिक्षा दिन आवश्यक छ। यति धेरै कसरी सिकाउने होला ? के यौटै कुनै विधिले माथि उल्लेखित सबै विषयलाई समेट्न सक्छ ? हो यहीँनेर PBL लाई अबको शिक्षाको अस्त्र मानिएको छ। आउनुहोस आज PBL लाई सिकाइका विभिन्न लेन्सहरुबाट हेरौ। PBL ले विद्यार्थीलाई के सिकाउदो रहेछ ? विद्यार्थीले के सिक्दा रहेछन्? कसरी सिक्दा रहेछन्? के PBL हाम्रो शिक्षाको आवश्यक विधि हो? खास गरी अबको शिक्षामा निम्न चार वटा पक्षहरु खोजिन आवश्यक छ ।

१) अबको शिक्षाको सिकाइ प्रक्रियामा 3H अर्थात HEAD , HEART , HANDS को प्रयोग भई हुन आवश्यक छ। हामीले बुझेको शिक्षा ले HEAD अर्थात मस्तिष्कलाई मात्र प्राथमिकता दियो। शिक्षा प्राप्ति भनेको Information रट्नु हो जस्तो बुझियो। तर शिक्षा लिईरहँदा HANDS अर्थात सिप अनिवार्य रहेछ। जुन विषय सिक्ने हो त्यसलाई सिपमा ढालेर सिक्न सकियो भने त्यो सिकाइ स्थायी हुँदो रहेछ। अझ त्यसमा HEART अर्थात FEELINGS and EMOTIONS जोडेर सिक्न सकियो भने त्यसले Transformative Learning गराउँदो रहेछ। PBL बाट विद्यार्थीले 3H प्रयोग गर्दै सिक्न पाउछ। आफूलाई मन परेको विषयबस्तुमा खोज गर्दा उसको हृदय (HEART ) सञ्चालित हुन्छ , उसले परियोजनाको काम गरिरहँदा हातहरु (HANDS ) चलायमान भई विभिन्न सिपहरु सिकेको हुन्छ भने सम्पूर्ण प्रक्रियामा HEAD मार्फत ज्ञान निर्माणमा सहभागी भईरहेको हुन्छ। यदि विद्यार्थीले PBL को अभ्यास गर्यो एकैपटकमा 3H को अभ्यास हुन गई TRANSFORMATIVE LEARNING हुन्छ।

२) अबको शिक्षाले CONTENT KNOWLEDGE को साथमा SOFT SKILLS हरु पनि सँगै सिकाउन आवश्यक छ। वास्तवमा SOFT SKILLS ले नै विद्यार्थीहरुलाई जिन्दगी जिउने कला दिने हो । खास गरी एक्काइसौँ शताब्दीका लागि चाहिने COMMUNICATION ,CREATIVITY , CRITICAL THINKING , COLLABORATION लगायतका शिपहरु पाठयक्रममा भएका विषयवस्तु सिकाइरहँदा सँगसँगै सिकाउन अत्यावश्यक छ। अब कुनै विषय शिक्षकले आफ्नो पाठ मात्र पढाएर / रटाएर विद्यार्थीलाई भोलिको लागि सक्षम बनाउन सक्दैन। यदि शिक्षकले PBL को माध्यमबाट सिकायो भने विद्यार्थीहरूले आवश्यक CONTENT KNOWLEDGE त पाउँछ नै त्यसका अतिरिक्त उसले विभिन्न SOFT SKILLS हरु सिक्ने र अभ्यास गर्ने अवसर पाउछ। PBL गरिरहदा विद्यार्थीले समूहमा मिलेर काम गर्न सिक्छ। आफ्नो सिर्जनशीलतालाई प्रष्फुटन गराउने अवसर पाउँछ। PBL मा सहभागी भईरहँदा समय व्यवस्थापन कसरी गर्ने अभ्यास गरिरहेको हुन्छ , आफूसित भएका सीमित श्रोत र साधनको व्यवस्थापन कसरी गर्ने भनेर अभ्यास गरिरहेको हुन्छ , निर्णय लिने, नेतृत्व गर्ने, विचार व्यक्त गर्ने , समस्याको समाधान गर्ने, अनुमान गर्ने, साथीलाई सम्झाउने, बुझाउने, आफ्ना विचारहरुलाई अभिव्यक्त गर्ने, परिस्थितिको समीक्षा गर्ने जस्ता जिन्दगीसित जोडिएका हरेक SOFT SKILSS हरुको जीवन्त अभ्यास गर्ने अवसर PBL गरिरहँदा भईरहेको हुन्छ। अझ आफूले पाएको जिम्मेवारीलाई मन, मस्तिष्क र सिप प्रयोग गरेर सबै भन्दा उत्कृष्ट तरिकाले सम्पन्न गर्ने जिम्मेवारीबोध गराउने काम पनि PBL ले गराइदिन्छ। जिन्दगीमा नभई नहुने यी शिपहरु कक्षामा पढाएर सिकिने कुरा होइनन । यी सिपहरु सिकाउनका लागि PBL अनिवार्य विधि हो। आखिर जिन्दगीमा सिक्ने पर्ने सिप भनेकै अन्य मानिसहरु सित कसरी व्यवहार गर्ने र आफूले पाएको जिम्मेवारी निपूर्णताका साथ कसरी सम्पन्न गर्ने भन्ने रहेछ, त्यो सिक्ने र अभ्यास गर्ने अवसर PBL ले मात्र दिदो रहेछ।

३) अबको शिक्षाले हरेक विषयलाई अलग अलग पढाउने भन्दा पनि सबै विषयलाई INTEGRATE गरेर सिकाउन आवश्यक छ। एउटा विद्यार्थी पसलमा BREAD किन्न गयो भने उसले BREAD माग्न भाषा चाहिन्छ, BREAD को मात्रा (QUANTITY ) कति भनेर थाहा पाउन विज्ञान चाहिन्छ , मूल्यको लागि गणित चाहिन्छ, झोलामा राख्न कला चाहिन्छ, BREAD को गुणस्तर लगायतका कुरा थाहा पाउन विभिन्न विषयहरुको एकै पटकमा प्रयोग भईरहेको हुन्छ। विज्ञान सँगसँगै गणित अनि भाषा आइरहेको हुने रहेछ तर हामीले कक्षाकोठामा सबै विषयलाई अलग्याएर सिकाउदा शिक्षा जीवनसित टाढा भईरहेको रहेछ। त्यसैले अब PBL बाट सिकाउन थालियो भने फेरी बच्चाले सबै विषयलाई जोडेर एकै पटकमा सँगसँगै सिक्ने अवसर पाउँछ। त्यसैले सिकाइको INTEGRATED APPROACH ले पनि PBL को माग गर्दछ।

४) अबको शिक्षाले हरेक बच्चाका आ-आफ्ना अलग प्रकारका क्षमताहरु हुन्छन भन्ने सिद्धान्तलाई अङ्गीकार गर्न आवश्यक छ। शिक्षामा अब्बल हुन् घोकेर / रटेर परीक्षामा लेख्नै पर्छ नत्र जिन्दगीमै फेल भइन्छ भन्ने मान्यताबाट बाहिर आउन आवश्यक छ। MULTIPLE INTELLIGENCE को अबधारणा अनुरुप हरेक बच्चा बेग्ला बेग्लै क्षत्रमा क्षमतावान हुनसक्छ । बच्चाको क्षमता पहिचान गरेर उसले जे गर्न सक्छ , जुन विषयवस्तुमा उसको उत्सुकता र चाहना छ सोहि बमोजिमको विषयवस्तु छनौट गर्न लगाएर उसलाई सिक्न अभिप्रेरित गरियो भने कुनै बच्चाले नजान्ने र नसिक्ने भन्ने नै हुँदैन । हो, यहीँनेर PBL ले बच्चालाई आफ्नो चाहना र उत्सुकता अनुसारको व्यवहारिक समस्या पहिचान गरि त्यसमा गहिरो अध्ययन अनुसन्धान गर्दै ज्ञान निर्माणको बाटो खोलिदिन्छ । यदि MULTIPLE INTELLIGENCE को अवधारणालाई अङ्गीकार गर्ने हो भने PBL को माध्यमबाट हाम्रा हरेक विद्यार्थीहरूको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन सकिन्छ ।

छोटकरीमा भन्नु पर्दा हाम्रा विषयबस्तुमा HEAD HEART र HANDS अर्थात मन मस्तिस्क र सिपलाई सँगै जोडेर, SOFT SKIILS हरुलाई विषयवस्तुसित नै INTEGRATE गरेर, विभिन्न विषयहरुलाई INTEGRATE गरेर MULTIPALE INTELLIGENCE लाई समेत सिकाइ प्रक्रियामा जोडेर अबको शिक्षालाई पूर्णता दिनुपर्छ त्यसका लागि एउटा प्रभावकारी औजारको रूपमा PROJECT BASED LEARNING अपरिहार्य छ। वर्तमान समयमा विश्वमा सफल व्यक्तिका सफलताको जरा खोज्दै जादा उनीहरूले स्कुल / कलेजमा अभ्यास गरेका PROJECT हरूको सफल कार्यान्वयन भएका प्रशस्त उदाहरणहरू भेटिन्छन्। आश्चर्य लाग्छ होला फेसबुक कुनै बेला MARK ZUCKERBERG को कलेजको PROJECT WORK थियो। BILL GATES को माइक्रोसफ़ट होस् कि STEVE JOBS को APPLE वा LARRY PAGE & SERGEY BRIN को गुगल अनि ELON MUSK को PAYPAL सबै PROJECT WORK गर्दै गर्दाका परिणाम हुन् । हाम्रा अभिन्न अङ्ग बनेका DELL COMPUTER, SNAPCHAT, AIRBNB, OYO ROOMS, INSTAGRAM, TWITER, UBER, AMAZON, TESLA कुनै बेला स्कुल कलेजमा यस्तै विद्यार्थीहरूले फरक ढङ्गले अभ्यास गरेका परियोजना कार्यहरू थिए ।यसरीअबको शिक्षामा PROJECT BASED LEARNING को अपरिहार्यताको बारेमा पैरवी गरिरहदा नेपालको सन्दर्भमा यस विधिका सम्भावना र चुनौतीका बारेमा पनि छलफल गर्न उपर्युक्त हुन्छ।

जिन्दगी एकातिर अनि पढाइ अर्को तिर दौडिरहेको अबस्थामा PROJECT BASED LEARNING ले कक्षाकोठामै सिकाइ मार्फत जीवन, र जगत जोड्ने काम गर्दछ। सर्वप्रथम त PBL को सफल कार्यान्वयन गर्न सकियो भने अहिले को सैद्धान्तिक पढाइलाई व्यवहारिक बनाई शिक्षालाई वास्तविक जीवनसित जोड्न सकिन्छ। विद्यार्थीहरुलाई REAL WORLD PROBLEM सित साक्षात्कार गराई त्यसको समाधानका लागि अभिप्रेरित गर्ने भएकोले हाम्रो समाजमा PBL ले पक्कै पनि विद्यार्थीलाई PROBLEM SOLVER बनाउन मद्दत गर्ने छ। विद्यार्थीहरुलाई आविष्कारक बनाई यही समाजमा सिर्जनशील भएर जिम्मेवार नागरिक भएर बाच्न अभिप्रेरित गर्ने छ। नेपालमा गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूल लगायत केही स्कुलहरुले अभ्यास गर्दै आईरहेको यो PBL पद्दतिलाई नेपालका हरेक स्कुलहरुमा भित्र्याइनु अत्यावश्यक छ।

नेपालमा PBL का चुनौतीहरु पनि नभएका होइनन् । खासगरी परम्परागत सैद्धान्तिक र घोकन्ते शिक्षाबाट दीक्षित हाम्रो समाजले अझै पनि प्रक्रिया भन्दा पनि परिणाम को खोजी गरिरहेको हुन्छ। विद्यार्थीले के सिक्यो भन्दा पनि ग्रेडशिटमा कति अङ्क ल्यायो भनेर चिन्तित हुने धेरै अभिभावकहरुलाई शिक्षाको नया स्वरूपका बारेमा अभिभावक शिक्षाको जरुरी देखिन्छ। PBL को सहजीकरण गर्न नसक्ने शिक्षकहरुलाई तालिमको व्यवस्थापन , विद्यालयहरुलाई आवश्यक स्रोत र साधनको उपलब्धता, PBL मैत्री पाठ्यक्रम , स्कुलहरुको बिचमा सहकार्य गर्न सकियो भने PBL कार्यान्वयन गरेर शिक्षामा व्यापक सुधार गर्न सकिन्छ ।

नोट: गोल्डेन गेट ईङ्ग्लिश सेकेण्डरी स्कूलद्वारा आयोजित चौथो गोल्डेन गेट पिबिएल मेला २०८१ (4th Golden Gate PBL Mela 2025) मा काठमाडौं विश्वचिद्यालयका उपप्राध्यापक श्री नवीन मरासिनीज्यूद्वारा प्रस्तुत Keynote Speech

References

Ardani, A., & Widjajanti, D. B. (2024). Integration of multiple intelligences theory in project-based learning: How it impacts students’ critical thinking and mathematical communication skills. International Journal of Multicultural and Multireligious Understanding, 11(10), 458474. https://doi.org/10.18415/ijmmu.v11i10.6277

Fosnot, C. T. (2013). Constructivism: Theory, perspectives, and practice. Teachers College Press.

Martinez, C. (2022). Developing 21st-century teaching skills: A case study of teaching and learning through project-based curriculum. Cogent Education, 9(1), 2024936. https://doi.org/10.1080/2331186X.2021.2024936

Mezirow, J. (1997). Transformative learning: Theory to practice. New Directions for Adult and Continuing Education, 1997(74), 5-12. https://doi.org/10.1002/ace.7401

Miller, J. P. (2019). The holistic curriculum (3rd ed.). University of Toronto Press.

Setyawan, J., Lumbantoruan, J. H., Listiani, H., & Judijanto, L. (2024). Integration of multiple intelligence theory in curriculum implementation for developing student potential in Indonesia. Mimbar Sekolah Dasar, 11(1), 137149. https://doi.org/10.53400/mimbar-sd.v11i1.68906

Tan, A., & Tan, C. (2021). Integration of the head, heart, and hands in curriculum review: A holistic approach to education. Journal of Curriculum Studies Research, 3(1), 114. https://doi.org/10.46303/jcsr.2021.1


Share | Like