विद्यालयले अभिभावकहरुको कार्यव्यस्तता तथा सुबिधालाई ध्यानमा राखि अनलाईन शुल्क भुक्तानी सेवा उपलब्ध गराएको छ । यस अन्तर्गत ईसेवा मार्फत जुनसुकै बेला शुल्क भुक्तानी गर्न सकिनेछ जसको लागि अभिभावकहरुले आफ्नो ईसेवा एपमा गएर स्कूल फी (School Fee) थिचेर विद्यालयको नाम सर्च गरी त्यसमा थिच्ने र त्यसपछि आवश्यक विवरण भरेर शुल्क बुझाउन सकिनेछ ।
कोभिड ‘१९ को दोस्रो लहरसँगै देशमा भएको लकडाउन र भाईरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै विद्यालयले ईसेवा र बैंक खातामार्फत डिजिटल पद्दतीमा शुल्क भुक्तानी गर्ने अनलाईन सुबिधा सुरु गरेको थियो ।
बैंक खातामार्फत भने संसारको जुनसुकै ठाउँबाट र जतिसुकैबेला पनि शुल्क बुझाउन सकिनेछ । बैंक खातामार्फत शुल्क भुक्तानी गर्न तल दिईएको विद्यालयको आधिकारिक बैंक खाताको क्यूआर कोड स्क्यान (QR Code Scan) गरी भुक्तानी गर्न सक्नुहुनेछ ।
नोटः शुल्क भुक्तानीको विवरण मोबाईलबाट स्क्रिनशट गरी विद्यालयको भाईबर वा वाट्सएप नं. +9779841299271 मा पठाउनुहुन अनुरोध छ ।